नियम २७
काठ दाउरा दिन सकिने

(१) घर बनाउन वा घर मर्मत गर्न काठ दाउरा लिन चाहने  स्थानीय व्यक्तिले बन पैदावार बिक्री वितरण सम्बन्धी प्रचलित नियम बमोजिमको दस्तूर बुझाएमा संरक्षकले त्यस्तो व्यक्तिलाई अनुसूची -५ बमोजिमको काठ दाउरा लिन पाउने पूर्जी दिन   सक्नेछ ।

(२) उपनियम (१) बमोजिम दिएको पूर्जी बमोजिमको काठ दाउरा सोही पूर्जीमा तोकिएको क्षेत्रबाट लिनु पर्नेछ ।